नियम २१
व्यक्तिगत दुर्घटना बीमा र क्षतिपूर्ति सम्बन्धी व्यवस्था

(१) इजाजतपत्र प्राप्त
जलयात्रा व्यवसायीले जलयात्रा टोलीस“ग जाने रिभर गाइड वा कामदारको जलयात्रामा जानु अघि नेपालमा बीमा व्यवसायको कारोबार गर्न पाउने इजाजतपत्र प्राप्त बीमा कम्पनीबाट जलयात्रा अवधिभरको लागि कम्तीमा दुई लाख रुपैया“को व्यक्तिगत दुर्घटना बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गरिएको व्यक्तिको दुर्घटनामा परी अ·भ· वा मृत्यु भएमा त्यस्तो व्यक्तिले बीमा कम्पनीबाट पाउनु पर्ने रकम निज वा निजले इच्छाएको कुनै व्यक्ति रहेछ भने निजलाई र त्यस्तो व्यक्ति पनि नभए निजको नजिकको हकवालालाई दिलाई दिने जिम्मेवारी सम्बन्धित जलयात्रा व्यवसायीको हुनेछ ।
(३) उपनियम (१) बमोजिम बीमा गराउनु पर्ने व्यक्तिको बीमा नगराई जलयात्रा सम्बन्धी काममा लगाइएको अवस्थामा कुनै दुर्घटना परी अ·भ· वा मृत्यु भएमा सो बापत उपनियम (१) बमोजिमको बीमाको रकम बराबरको क्षतिपूर्ति सम्बन्धित जलयात्रा व्यवसायीले सम्बन्धित व्यक्तिलाई र निजको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति र त्यस्तो व्यक्ति नभएमा निजको नजिकको हकवालालाई उपलब्ध गराउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम बीमा नगराई रिभर गाइड वा अन्य कामदारलाई काममा लगाएमा मन्त्रालयले पा“च हजार रुपैया“सम्म जरिवाना गर्न सक्नेछ ।
(५) जलयात्रा टोलीस“ग जाने कामदारलाई जलयात्राको क्रममा सामान्य चोटपटक लागेमा जलयात्रा व्यवसायीले निजको खर्चमा त्यस्तो व्यक्तिको आवश्यक औषधोपचार गरिदिनु पर्नेछ ।